पेट्रोल पम्पमा ग्राहक गठी, अनुसन्धानका लागि पम्प शिल
पुस २ गते। सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ।कम परिणाममा इन्धन बिक्री गरेर ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएपछि अनुसन्धानका लागि पम्पमा शिलबन्दी गरिएको छ।
पेट्रोल पम्पले ग्राहक ठगिरहेको गुनासो आएपछि नेपाल आयल निगमका प्राविधिकले उक्त पेट्रोल पम्पलाई शिल गरेका हुन्।आयल निगमका प्राविधिकका अनुसार महिनैपिच्छे पम्पको चेकजाँच हुने र नापतौलका औजारको अवस्था जाँच गरिने भए पनि यस पम्पमा प्राविधिक समस्या देखिएको छ।
पम्प सञ्चालक दिपनारायण भगतले मेसिनरी उपकरण कहिलेकाहीं बिग्रने सम्भावना हुने भएकाले समस्या भएको प्रतिकृया दिनुभयो।यसबारे आयल निगमलाई समयमै जानकारी गराएको भए पनि प्राविधिक ढिलो आएकाले अहिले पम्पलाई पूर्ण रूपमा शिल गरिएको उहाँको भनाइ छ।
पाँच हजारको डिजेल किन्दा पाँच लिटर कम भेटिएपछि स्थानीयले गुनासो गरेका थिए। किसान काममा व्यस्त हुँदा बालबालिकालाई डिजेल किन्न पठाउँदा ठगिएको स्थानीयको गुनासो छ।स्थानीयले पम्प सञ्चालकसँग गुनासो गर्दा सुनुवाइ नभएपछि घटना सार्वजनिक भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अनुसन्धानका लागि पम्प शिल, #पेट्रोल पम्पमा ग्राहक गठी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्