Techie IT
बुधबार, कात्तिक २६,२०८३

रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो


१ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई त्यसअघि थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराइएको हो ।

कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो


तपाईको कमेन्ट लेख्नुहोस्