माओवादीसँग एक्लै निर्वाचन लड्ने तागत छ : उपमहासचिव पुन
पुस १ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले एक्लै निर्वाचन लड्ने तागत माओवादीसँग भएको बताउनुभएको छ । पछिल्लो स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम हेर्दा गठबन्धन भन्दा एक्लै निर्वाचनमा जाँदा माओवादीलाई जनताको साथ मिलेको उहाँको भनाइ छ ।
सोमबार बेनी आउनुभएका उपमहासचिव पुनले पार्टी कार्यकर्तालाई समसामायिक राजनीतिक विषयमा प्रशिक्षण दिनुहुँदै उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा जाँदा एमाले वा कांग्रेस कुनै एक नभई नहुने, एक्लै निर्वाचनमा जाने कुरा सोच्नै नसक्ने अवस्थामा पुगेका थियौं । तर पछिल्लो उपनिर्वाचनले एक्लै निर्वाचन लड्न सक्ने तागत माओवादीसँग भएको पुष्टि गरिदियो ।’’
माओवादीको मुद्दालाई जनताले साथ दिएकाले उपनिर्वाचनमा एक्लै सफलता मिलेको उहाँको भनाइ थियो । ‘‘उपनिर्वाचनमा समग्र रुपमा हामी दोस्रो भयौं । एक्लै हुँदा लोकप्रिय मतमा हामी पहिलो हुँदारहेछौं । एक्लै हुँदा सिटमा दोस्रो भयौं, कांग्रेस, एमालेसँग मिलेर निर्वाचन लड्दा हामी तेस्रो भयौं,’’ उहाँले भन्नुभयो । माओवादीलाई अब निर्वाचनमा गठबन्धन आवश्यक नभएको उहाँले बताउनुभयो ।
उपनिर्वाचनलाई हेर्दा अब माओवादी एक्लै निर्वाचन लड्न सक्ने तागत हासिल गरेको उहाँले दाबी गर्नुभयो । गठबन्धनको मानसिकता त्याग्न उहाँले कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #माओवादीसँग एक्लै निर्वाचन लड्ने तागत छ : उपमहासचिव पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्