जलवायु परिवर्तन असरको दीर्घकालीन समाधानका लागि नीतिगत कार्यान्वयन जरुरी
३० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व डिन एवम प्राध्यापक डा.ताराप्रसाद सापकोटाले हिमालय क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको उल्लेख गर्दै यसले लाखौं मानिसको जीवनशैलीमा गहिरो प्रभाव पार्दै लगेको बताएका छन् ।
ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज (आइतबार) समापन समारोहमा संचालन भएको जलवायू परिवर्तनको असरबार विशेष सेसनमा डा.सापकोटाले जलवायु परिवर्तन र हरित मध्यस्थता अभियानको
महत्वमाथि प्रस्तुति दिंदै असरबारे स्पष्ट पारेका हुन् ।
नेपालमा जलवायु परिवर्तनका कारण सन् २०१९ सम्म वार्षिक २ हजार ७७८ मिलियनको आर्थिक क्षति भएको पनि उनले बताए । उनले हिमालयको पर्यावरणीय र भौगोलिक विशेषताहरूलाई जोड दिँदै यस क्षेत्रबाट उत्पन्न हुने गंगा, ब्रह्मपुत्रजस्ता प्रमुख नदीहरूको महत्त्वबारे चर्चा गरे ।
‘हिमालय क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेको छ। यसले केवल प्राकृतिक प्रणालीमा मात्र नभई लाखौं मानिसको जीवनशैलीमा पनि गहिरो प्रभाव पारेको छ’, डा.सापकोटाले आफ्नो प्रस्तुतिमा भनेका छन् ।
उनले हिमालयलाई जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न सबैले एकजुट हुनुपर्ने बताएका छन् । साथै, उनले विश्वका १४ अग्ला हिमालहरूमध्ये ११ वटा हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने उल्लेख गर्दै यस क्षेत्रको संरक्षणको आवश्यकता औंल्याए ।
डा.सापकोटाले सन् १९७१ देखि २०१९ सम्म नेपालले जलवायु परिवर्तनका कारण वार्षिक औसत रु.२ हजार ७७८ मिलियनको आर्थिक क्षति बेहोर्दै आएको तथ्यांक प्रस्तुत गरे । उनले जलवायु परिवर्तनको असरले हरेक तहमा चुनौती थपिरहेको भन्दै यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहललाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।
डा.सापकोटाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरित मध्यस्थता प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताए । उनका अनुसार,‘जलवायु वित्तको उचित उपयोग र अन्तर्राष्ट्रिय सहकार्यमार्फत हिमालय र पृथ्वीको संरक्षण सम्भव छ।’
कार्यक्रमका अन्य सहभागीहरूले जलवायु परिवर्तनका दीर्घकालीन समाधानका लागि नीतिगत कार्यान्वयन र हरित मध्यस्थताका प्रक्रियाहरूलाई बलियो बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जलवायु परिवर्तन असरको दीर्घकालीन समाधानका लागि नीतिगत कार्यान्वयन जरुरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्