प्रधानमन्त्रीले दिएको डेडलाइनभित्रै नियुक्त भए त्रिविका डिन र निर्देशक
३० मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले पुस ७ भित्र डिन नियुक्ति गरिसक्न दिएको निर्देशन त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले एक साताअघि नै पालना गरेको छ ।
परिषद्ले शनिवार बैठक बसेर विभिन्न ८ संकायका डिन र तीनवटा केन्द्रको निर्देशक नियुक्ति गरेको हो । छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट मेरिटका आधारमा एक जनाको नियुक्ति गरिएको रजिष्टार केदार रिजालले बताए ।
बैठकले शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा. मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।
यी हुन् नवनियुक्त डिन
१ः वन विज्ञान अध्ययन संस्थानः ठाकुर सिलवाल
२ः चिकित्साशास्त्र अध्ययन संस्थानः डा. मोहनराज शर्मा
३ः मानविकी तथा समाजशास्त्र अध्ययन संस्थानः डा. द्धिविनन्द ढकाल
४ः शिक्षाशास्त्र संकायः डा. बेदराज आचार्य
५ः व्यवस्थापन संकायः डा. महानन्द चालिसे
६ः इन्जिनियरिङ अध्ययन संस्थानः डा. सुशीलवहादुर बज्राचार्य
७ः विज्ञा तथा प्रविधि अध्ययन संस्थानः डा. शंकर खनाल
८ः कृषि तथा पशुविज्ञान अध्ययन संस्थानः डा. किशोरचन्द्र दाहाल
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीले दिएको डेडलाइनभित्रै नियुक्त भए त्रिविका डिन र निर्देशक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्