Techie IT
बुधबार, कात्तिक २६,२०८३

छविलाल जोशी अस्पताल भर्ना


२८ मंसिर, काठमाडौं । सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । छातीमा गाह्रो भएको सिकायतपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको जानकारी दिए ।
उनले भने, ‘उहाँले छातीमा असहज महसुस भएको बताउनुभएपछि चेक जाँचका लागि अस्पताल लगेका थियौँ । डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #छविलाल जोशी अस्पताल भर्ना


तपाईको कमेन्ट लेख्नुहोस्