आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्वपूर्ण : न्यायधीश रेग्मी
२८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले एडीआर (वैकल्पिक विवाद समाधान) ले न्यायसम्म पहुँच विस्तार र विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
बिहीबार नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा “नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४“ को उद्घाटन समारोहमा बोल्दै उनले आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले भने,‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’ भन्ने नाराका बिहिबार बाट सुरु भएको “नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४“ मा न्यायाधीश रेग्मीले “आधुनिक विवाद समाधानः न्यायसम्म पहुँच
सुदृढ गर्न एडीआरको भूमिका“ भन्ने यस वर्षको विषयवस्तुले न्याय प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउनका लागि नवप्रवर्तन आवश्यक रहेको औंल्याएका छन् । “एडीआरले लचिलो, सहज र सहकार्यपूर्ण तरिकाले विवाद समाधान गर्ने गतिशील विधिका रूपमा कार्य गर्दछ। यसले आर्थिक र भावनात्मक भारलाई कम गर्दै सामाजिक सद्भाव र मेलमिलापमा योगदान पु¥याउँछ । ’
न्यायाधीश रेग्मीले नेपालमा एडीआरको ऐतिहासिक विकासबारे प्रकाश पार्दै भने, ‘पञ्चायती प्रथादेखि नै समुदायमा मेलमिलाप र सहमतिको माध्यमबाट विवाद समाधान गरिँदै आएको परम्परा अहिलेको एडीआर प्रणालीको आधारशिला हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्वपूर्ण : न्यायधीश रेग्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्