एनपीएल हेर्न नेपाल आइपुगे वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा
२८ मंसिर, काठमाडौं । वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।
को हुन् ब्रायन लारा ?
५५ वर्षीय ब्रायन लारा सर्वकालिन महान क्रिकेटरमा पर्छन् । टेस्ट क्रिकेटको एउटै इनिङ एक्लै चार सय रन बनाउने एक्ला ब्याट्सम्यान हुन् उनी ।
लाराले १३१ टेस्टमा ११ हजार ९५३ रन जोडेका छन्, जसमा ३४ शतक र ४८ अर्धसतक सामेल छन् । यस्तै, २९९ एक दिवसीय खेल्दा १९ शतक र ६३ अर्धशतकसहित १० हजार ४०५ रन बनाएका छन् ।
लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् २००७ को अप्रिल २१ मा उनले अन्तिम एकदिवसीय खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
क्याटेगोरी : खेलकुद, ब्रेकिंग न्युज, समाचार, खेलकुद
ट्याग : #breaking, #एनपीएल हेर्न नेपाल आइपुगे वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्