जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिए सपथ
२७ मंसिर, काठमाडौं । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले सपथ ग्रहण गरेका छन् ।
प्रतिष्ठानका सह–अध्यक्ष समेत रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज बिहीबार उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
२०८१ जेठ ११ गते तत्कालीन उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए ।
सङ्घीय मामिलामन्त्री गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेकोमा प्रधानमन्त्री ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए ।
तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहेका उपाध्यक्ष गुरुङ आदिवासी जनजाति आन्दोलनका स्पष्ट वक्ता मानिन्छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिए सपथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्