वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक
२७ मंसिर, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित वातावरणीय मानव अधिकार रक्षाको दोस्रो सम्मेलनमा बोल्दै उनले जाडो बढेसँगै वायु प्रदुषण पनि बढ्दै गएको भन्दै मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने बताए ।
उनले भने, ‘पहिलो कुरा हामीले देशको वायु प्रदुषणको श्रोत पहिचान गरी नियन्त्रणमा निगरानी राख्न आवश्यक छ । विशेषगरी मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने छ । जलवायु प्रदुषण र वायु प्रदुषणको असर आजको मात्र नभएर भविष्यको पुस्ताको लागि पनि महत्वपूर्ण छ । त्यसैले हामीले आजै देखि यस विषयमा गम्भिर कदम चाल्नुपर्ने छ । जसले हाम्रो पर्यावरण र जनस्वास्थ्यलाई बचाउ गर्न सकिने छ ।’
उनले सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना अगाडि बढाएको पनि बताए ।
उनले भने, ‘सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजनाहरु अगाडि बढाएको छ ।’
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्