ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा
काठमाण्डौ । स्टेट बैंकका इण्डिया(एसबीआई)का एकजना बैंक म्यानेजरले ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर ३९ हजार भारुबराबरको कुखुरा खाएको घटना सार्वजनिक भएको छ ।
यो घटना भारतको छत्तिसगढको हो । छत्तिसगढमा बसोबास गर्ने रुपचन्द्र मनहर नाम गरेका एकजना किसानले कुखुरा व्यवसायलाई विस्तार गर्न बैंकबाट ऋण लिने निधो गरे । यसका लागि उनले छत्तिसगढको मास्तुरी शाखामा रहेको एसबीआई बैंकलाई रोजे । मास्तुरी छत्तिसगढको विशालपुर जिल्लामा पर्छ ।
उनले बैंकका म्यानेजरबाट १२ लाख भारुबराबरको कर्जा पाउने आश्वासन पाए । तर बैंक म्यानेजरले यसका लागि १० प्रतिशत कमसिन पनि मागेको रुपचन्द्रले बताएका छन् । उनले त्यो १० प्रतिशत कमशिनबराबरको रकम कुखुरा बिक्री गरेर बुझाएको बताएका छन् ।
यतिले मात्रै नपुगेर बैंक म्यानेजरले ऋण स्वीकृत गर्नका लागि प्रत्येक शनिबार कुखुरा बोकेर आउन समेत भनेको आरोप ती किसानले लगाएका छन् । उनले आफूले उपहारको रुपमा लगेको कुखराको हिसाब गर्दा ३८ हजार ९ सय भारु पुगेको र आफूसँग यसको बिल समेत भएको दाबी गरेका छन् ।
लामो समय बितिसक्दा पनि कर्जा स्वीकृत हुने छाँटकाट नदेखेपछि र बैंक म्यानेजरको नियममाथि शंका लागेपछि उनले बैंक म्यानेजरविरुद्ध सब डिभिजन म्याजिस्ट्रेटमा मुद्दा दायर गरेका छन् ।
उनले १० प्रतिशत कमिशन र कुखुराको मासुको पैसा समेत फिर्ताको माग गरेका छन् । यदि पैसा फिर्ता नभए उनले आफ्नो ज्यान दिने समेत धम्कि दिएको भारतिय मिडियाले बताएका छन् ।
यस्तै उनले बैंक अघि बसेर भोक हड्ताल गर्ने धम्कि समेत दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्