Techie IT
बुधबार, कात्तिक २६,२०८३

रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै, पृथ्वीचोकमा प्रदर्शनको तयारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदैछ । उनलाई बयानका लागि दुई दिनअघि पर्सा लगिएको थियो ।

सिमराबाट हवाई उडानमार्फत पोखरा ल्याउन लागिएको हो । रवि अहिले सिमरा विमानस्थलमा छन् । १०ः४५ को उडान तालिका रहेको बताइएको छ ।

पोखरामा रविलाई ल्याइँदै गर्दा स्वतन्त्र युवाहरू प्रदर्शनको तयारीमा छन् । अभियन्ता हेमराज थापाको नेतृत्वमा पोखराको पृथ्वी चोकमा प्रदर्शन गर्न लागिएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीमा भएको ठगी सम्बन्धमा रविलाई समेत जोडेर उजुरी दर्ता भएको थियो । यसैको अनुसन्धानमा उनलाई वीरगञ्ज लगिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले हिजो एकै दिनमा बयान सिध्याएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पृथ्वीचोकमा प्रदर्शनको तयारी, #रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै


तपाईको कमेन्ट लेख्नुहोस्