एनपीएलमा कर्णालीको तेस्रो जित
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले तेस्रो जित निकालेको छ ।
पोखरा एभेन्जर्सले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका गुल्सन झाले सर्वाधिक अविजित ४९ रन जोडे । ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार गरे ।
चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमा रोकिएको हो ।
पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।
बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।
५ खेल खेलेको कर्णाली ३ खेलमा जितसहित ६ अंक जोडेर चौथो स्थानमा छ । ४ खेलमा ३ हार बेहोरेको पोखरा २ अंकसहित छैटौं स्थानमा छ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #एनपीएलमा कर्णालीको तेस्रो जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्