सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल
काठमाडौँ, २३ मङ्सिर । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल चयन हुनुभएको छ ।
सङ्घको शनिबार साँझ सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष धरेल सोफा हवका सञ्चालक हुनुहुन्छ ।
यस्तै, सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दिपेन्द्र धरेल र कोषाध्यक्षमा महेशराज थापा चयन हुनुभएको छ । यस्तै, सदस्यमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्थ, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै हुनुभएको छ ।
विस २०७९ सालमा स्थापना भएको उक्त संङ्घमा हाल चार दर्जनभन्दा बढी सोफा उत्पादक कम्पनी आवद्ध छन् । नेपालमा विस २०३६ सालदेखि सोफा उत्पादन सुरु गरिएपनि हालसम्म पनि विदेशबाट आयत गरिएको सोफा विभिन्न कार्यालयमा प्रयोग हुँदै आएका छन् ।
हाल काठमाडौँ उपत्यकाभित्र १०० र देशभर दुईसय भन्दा बढी सोफा कम्पनी रहेका छन् भने १० हजारभन्दा बढी व्यक्तिले प्रतक्ष्य रोजगारी पाएको संघले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्