महिलालाई उद्यमसंग जोड्न अभिमुखिकरण
काठमाडौँ, फागुन । सिप सिकेका महिलालाई उद्यमसंग जोड्नका लागि अभिमुखिकरण तालिम दिइएको छ ।
काठमाडौ महानगरपालिका वडा नं. ११ का ३० महिलालाई श्रीसाथी नेपालले अभिमुखिकरण तालिम दिन थालेको छ । संस्थाका अध्यक्ष सरिता सापकोटाले सिप सिकेर पनि उद्यमशिलता बन्ने महिलालागि सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाँले सहभागी महिलाले आफूलाई लागेको सिपका बारेमा छलफल गर्ने र संस्थाले ति महिलालाई उद्यमशिलता बनाउन सहयोग गर्ने बताउनुुभयो ।
‘‘ धेरै महिलामा आफूले जानेका सिप बाहिर ल्याउन सकेका छैनन’’ उहाँले भन्नुभयो, ‘‘त्यस्ता महिलालाई उद्यमशिलता बनाई स्वरोगार बनाउन सहयोग गर्दछौ ।’’
तालिममा महिलालाई फर्म दर्ता गर्नेदेखि लिएर बैंकसंग सहुलितय ऋण उपलब्ध गराउन सिकाइने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नंं ११ का कर्मचारी गजेन्द्रवहादुर कार्कीले स्थानीय महिलालाई स्थानीय सरकारले नै स्वरोजगार बनाउने भएकोले आफूहरु महिलालाई उद्यमशिलता बनाउन तयार रहेको बताउनुभयो । महिला आफ्नो खुट्टामा आफै उभिन सके मुलुकले मुहार फेर्ने भन्दै महिलालाई उद्यमशिलता बनाउन आफ्नो वडाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा महिला युव उद्यमी मेनका पछाईले महिला उद्यमीलाई कुनै व्यवसाय संचालन गर्न सरकारले पनि सहुलिलय गर्नुपर्ने बताउनुभयो । उहाँले महिलामा सिप भएपनि व्यवहारिक कारणले सिपलाई उपयोग गर्न नसकेकोले यस्ता कार्यक्रमले महिलालाई उद्यमशिलता बनाउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा शर्मिला कार्कीले महिलालाई उद्यमसंग कसरी जोड्न सकिन्छ, मानुषी यमी भट्टराईले महिला र उद्यम, हरि कट्टेलले व्यवसायिक रुपमा फर्म कसरी दर्ता गर्न सकिन्छ र इन्दिरा कोइरालाले सकारात्मक सोचको विकास भन्ने बिषयमा तालिम दिनुहुने छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्