Techie IT
बुधबार, कात्तिक २६,२०८३

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुगे जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न


२१ मंसिर ,पोखरा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । भट्टराई शुक्रवार बिहान पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका हुन् ।

रविलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुगे जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न


तपाईको कमेन्ट लेख्नुहोस्