मन्त्री अमन मास्केद्धारा एकै पटक चार आयोजनको उद्घाटन
मन्त्री अमन मास्केद्धारा एकै पटक चार आयोजनको उद्घाटन काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले एकैपल्ट चारवटा आयोजनाको उद्घाटन गर्नुभएको छ । मन्त्रालयले निमार्ण गरेको सिन्धुली–भिमस्थान – चकमके – उदयपुर कटारी सडक , लङ्गर खोला पक्की पुल , नेपाल रेकक्रश सोसाइटी वेलघारी उपशाखा भवन र भिमस्थान बेलघारी शहरी सडकको उद्धघाटन गर्नुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुली र शहरी विकास तथा भवन कार्यालय सिन्धुली अन्र्तगत निमार्ण सम्पन्न भएको लङ्गुर खोला पक्की पुल निमार्ण अन्र्तगत ४,२२,०९,२६८ रुपौया लागतमा ८.४० मि को पुल निमार्ण सम्पन्न भएको हो । त्यस्तै सिन्धुली – भिमस्थान – चकमके – कटारी सडक ९,५६,५१,९०४ रुपौया लागतमा ३.७६ कि.मि सडक सम्पन्न भएको छ भने नेपाल रेडक्रस सोसाइटी वेलघारी उपशाखा भवन ६५०००८२ रुपैया लागतमा सम्पन्न भएको हो । सिन्धुलीको तीनपाटन गाँउपालिका बेलघारी बजारमा आयोजित समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले प्रदेश सरकार निरन्तर जनताको मर्म अनुरुप काममा रहेको बताउनु भयो । “हामी विकास निर्माणका काममा तल्लीन छौँ, विकास निर्माणको कामलाई तीव्रता दिने उहाँको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्नुहुदै भौतिक पूर्वाधार विकासमन्त्री मास्केले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताउनुभयो । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र मन्त्रालयको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उहाँको भनाई छ। पूर्वाधार क्षेत्रहरू स्पष्ट गर्दै अबको पूर्वाधार विकासलाई सय वर्ष पछिसम्मको आवश्यकता हेरेर गुणस्तरीय निर्माण गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा मन्त्रालयका सचिव अमृत श्रेष्ठ, जनप्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधि र स्थानिय बासीको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागमतीमा भौतिक पूर्वाधारमा विकासको लहर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्