नानपामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
२० मंसिर, काठमाडौं । हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ नागार्जुन नगरपालिकाले ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम मनाएको छ । अभियान सुरुआतमा आज बिहान प्रभातफेरी आयोजना गरिएको थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरिएको प्रभातफेरी पछि बोल्दै नागार्जुन नगरपालिकका प्रमुख मोहन बहादुर बस्नेतले कसै माथि लैंगिक हिंसा भएमा वडा अथवा नगरको महिला सञ्जालमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नगरपालिकका उपप्रमुख सुशिला अधिकारीले लैंगिक हिंसा महिला माथि मात्र हुने हिंसा नभइ पुरुष तथा अन्य माथि हुने हिंसा रहेको प्रस्ट पार्दै पहिले यसलाई आफै बाट अन्त्य गर्नुै पर्नैमा जोड दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद रिजालले सबै खाले हिंसा अन्त्यका लागि यो अभियानलाई सार्थक बनाउन अपिल गर्नुभयो ।
लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि उक्त अभियान हरेक बर्ष सञ्चालन हुँदै आएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नानपामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्