बुर्जुवाहरु र प्रतिक्रियावादी सरकारमा छन्, हामी एक किसिमको विद्रोहमा छौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा प्रतिक्रियावादी र बुर्जुवाहरु भएको आराेप लगाएका छन् । काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई क्रान्तिकारीहरु अहिले प्रतिपक्षमा रहेको बताए ।
उनले भने, हामी क्रान्तिकारीहरु प्रतिपक्षमा छौं । हामी फेरि एक किसिमको विद्रोहमा छौं । अहिले नयाँ ढंगले हामीले उहिल्यै आकलन गरेको जस्तै गणतन्त्रमा कसैले रोक्न सक्दैन । हामी माओवादी युद्धका सहभागीहरु सबै एकताबद्ध हुनैपर्ने आवश्यक छ । हामीले विभाजनको श्रृखला रोकेर एकताको बाटोमा अघि बढ्नुपर्नेछ । हामी त्यही गर्दैछौं । अहिले पनि लडाइँ त चलिरहेको छ ।’
जनयुद्धलाई राष्ट्रिय दिवस मनाउने आफू नेतृत्वको सरकारले गरेको निर्णयलाई अदालतले रोकेको भन्दै त्यसको विषयमा पनि नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्ने बताए ।
उनले अहिले जनयुद्धमा जस्तै जनताको बीचमा गएर माओवादीले तागत देखाउने बेला आएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बुर्जुवाहरु र प्रतिक्रियावादी सरकारमा छन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्