गोदाममा आगलागी हुँदा तीन घाइते, ८० लाख बराबरको क्षति
मङ्सिर १९ गते । कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् भने ८० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
बर्दगोरिया गाउँपालिका–२ स्थित द्वारिकाप्रसाद धमलाको चार तले पक्की घरको बिच तलामा रहेको कपडा गोदाममा आगलागी भएको हो । मङ्गलबार राति भएको आगलागीबाट ८० लाख रुपियाँ बराबरको नोक्सान भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घरमा आगलागी भएपछि निस्सारिएर घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला अचेत हुनु भएको छ । बौनियास्थित खापर पोलिक्लिनिकमा उहाँको उपचार भइरहेको छ ।
यसैगरी, आगो निभाउने क्रममा स्थानीय ३९ वर्षीय टेकराज जोशी र प्रहरी जवान टंकध्वज मगर घाइते भएको जनाइएको छ । घाइते जोशी र मगरको बौनियास्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।
दमकलको सहयोगमा प्रहरी र स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएका थिए । आगलागी घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #८० लाख बराबरको क्षति, #breaking, #गोदाममा आगलागी हुँदा तीन घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्