विवाह पञ्चमीअन्तर्गत आज तिलकोत्सव समारोह हुने
मङ्सिर १९ गते । जनकपुरधाममा बुधबार विवाह पञ्चमी महोत्सवअन्तर्गतको तिलकोत्सव विधिको आयोजना हुने भएको छ । प्राचिनकालमा राजा जनकले अयोध्याबाट आएका राम र उनका परिवारका सदस्यहरूलाई सम्मानपूर्वक स्वागत गर्दै साताव्यापी विवाह महोत्सवको चौथो दिन आज तिलकोत्सव समारोह हुन थालेको हो । राम मन्दिर प्राङ्गणमा हुने उक्त समारोहले ऐतिहासिक विवाहको घटनालाई सम्झाउने गर्दछ ।
तिलकोत्सव विधिमा अयोध्याबाट आएका जन्तीलाई सम्मानका लागि विशेष कार्यक्रम आयोजना गरिन्छ । जनकपुरधाममा राम मन्दिर र जानकी मन्दिरका महन्तबिच सम्धी मिलन गरिन्छ भने सो अवसरमा मिथिला क्षेत्रका सांस्कृति नृत्य पनि प्रस्तुत गरिन्छ ।
भारत र नेपालका हजारौं श्रद्धालु यो समारोहमा सहभागी हुन जनकपुरधाम आउने गर्दछन् । जनकपुरधामका स्थानीयवासीले पाहुनाहरूलाई मिठा परिकार र सांस्कृतिक झलकसहित स्वागत गर्ने गर्दछन् ।
सात दिनसम्म मनाइने विवाह पञ्चमी महोत्सवको महत्त्वपूर्ण विधिमध्ये तिलकोत्सव पनि हो भने पञ्चमीका दिन सीता र रामको परम्परागत विवाह समारोहको स्मरण गर्दै विवाह विधि सम्पन्न गरेपछि साताव्यापी रुपमा मनाइने विवाह महोत्सव सम्पन्न हुन्छ ।
यसपालि अयोध्याबाट आएका जन्तीले जनकपुरधामको विवाह पञ्चमीमा थप उत्साह थपेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विवाह पञ्चमीअन्तर्गत आज तिलकोत्सव समारोह हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्