Techie IT
बुधबार, कात्तिक २६,२०८३

सात लाख मूल्यको रुद्राक्षको दाना बरामद


मङ्सिर १८ गते । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले करिब सात लाख मूल्य बराबरको रुद्राक्षको दाना बरामद गरेको छ ।

धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा बिलविजक नभएको तीन सय ४४ केजी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो । उक्त रुद्राक्षको दाना करिब ६ लाख ८८ हजार रुपियाँ बराबरको रहेको सशस्त्रका प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

मङ्गलबार बरामद रुद्राक्षको दाना आवश्यक कारबाहीका लागि राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको उहाँले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #सात लाख मूल्यको रुद्राक्षको दाना बरामद


तपाईको कमेन्ट लेख्नुहोस्