Techie IT
बुधबार, कात्तिक २६,२०८३

तारकेश्वर दुर्घटना : ढोकामा समेत यात्रु झुण्ड्याएको बसमा हताहती, स्थिति तनावग्रस्त , पुलिसको स्कर्टिङद्वारा बालाजु चौकी लगीयो


काठमाडौँ । काठमाडौँको तारकेश्वरमा शनिबार बस दुर्घटना भएको छ । दुर्घटनापछि बसमाथि तोडफोड गरिएको छ ।

तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बा ४ ख ७१११ को तिब्र गतिमा गु बस बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर(८ लामबगरमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

तारकेश्वरको काभ्रेस्थलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।

ढोकामा समेत यात्रु झुण्ड्याएको गाडी बिहान करिब ७ बजेतिर ठोक्किएको थियो ।

अहिले भने स्थिति नियन्त्रणमा रहेको र गाडीलाई पुलिसको स्कर्टिङद्वारा बालाजु चौकीमा लगिएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्