तारकेश्वर तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने
काठमाडौं, मङ्सिर १४ गते । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । मङ्सिर १८ गते देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ विधाका विभिन्न इभेन्टमा सामुदायिक र संस्थागत गरी जम्मा ५३ विद्यालयबाट तीन हजार ४५४ जना विद्यार्थी खेलाडी सहभागी हुने छन्।
तारकेश्वरका प्रमुख कृष्णहरि महर्जनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘‘विद्यार्थीहरुमा गत वर्षको तुलनामा खेलप्रतिको सहभागिता एवम् उत्साहमा अभिवृद्धि भएको छ। यस खेलको प्रचार तथा अपनत्व जनस्तरसम्म पुगेको छ। खेलकुदको क्षेत्रलाई अझ प्रभावकारी बनाउनु पर्ने मान्यतालाई हृदयङ्गम गरी यस वर्ष फुटबल खेललाई समेत थप गरी आठ विधाका विभिन्न इभेन्टमा करिब ३० लाख रुपियाँ बजेट विनिोन गरिएको छ’’
मेयर रनिङ शिल्ड प्रतियोगिता खेलकुदको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयहरु बिच सौहार्दता सहकार्य, समन्वय र एकता भाव अभिवृद्धि भई विद्यालयहरु बिच स्वस्थ प्रतिस्पर्धा, असल अभ्यासहरु आदान प्रदान गर्ने उपयुक्त वातावरण तयार हुने विश्वास नगरपालिकाले लिएको छ ।
खेलमा प्रथम र द्वितीय मेयर रनिङ शिल्ड प्रतियोगितामा जस्तै प्रतिस्पर्धी विद्यालय तथा विद्यार्थी खेलाडीलाई प्रमाण पत्र, शिल्ड, मेडलका अलवा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद एक लाख, द्वितीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ६० हजार, तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ४० हजार र चौथो स्थान हासिल गर्ने विद्यालयलाई सान्त्वना स्वरुप नगद २० हजार रुपियाँ प्रदान गरिने छ।
यस प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौ संसोधन) को मापदण्ड भित्र रहेर सञ्चालन गरिनेछ । राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट र कबड्डी खेलहरुका अतिरिक्त हामीले यस प्रतियोगितालाई थप आकर्षक र सहभागीतामूलक बनाउनको निमित्त फुटबल, बास्केटबल, टेवल टेनिस र व्याटमिन्टनजस्ता लोकप्रिय खेलहरुसमेत समावेश गरिएको छ। यस प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन राष्ट्रिय खेलकुद परिषद्ले निर्धारण गरेको मापदण्ड बमोजिमका रेफ्रिहरुको व्यवस्था गरिएको छ। २०८१ मंसिर १८ गते सुरु भई मंसिर २५ गते समापन हुने छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्