Techie IT
बुधबार, कात्तिक २६,२०८३

उपनिर्वाचन: साेमबार नै सबै ठाउँकाे नतिजा आउने


काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मतपरिणाम भोलिपल्ट सार्वजनिक गरिसकिने जनाएको छ ।

उपनिर्वाचन हुने ३४ वडामा त्यसै दिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना सुरु हुने भए पनि त्यसै दिन मतगणना कार्य सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतपत्र एकदमै सजिलो र हरेक उम्मेदवारको मतपत्र छुट्टाछुट्टै रहेको मतगणना गर्न पर्याप्त टिम परिचालन गरिएका कारण मगणनामा ढिलाई नहुने बताए ।

उनले भने, ‘काठमाडौंबाहेक सबै स्थानमा मतगणना एकै चरणमा सकिन्छ । काठमाडौंमा भने एकै चरणमा नसकिन सक्छ । यसमा एउटा त हाम्रा निर्वाचन अधिकृतको कार्ाल सम्बन्धित वडामा नै स्थापना भएका छन् । वडामा जम्मा गरेर त्यसै दिन मतगणना सुरु हुन्छ ।’


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्