महिलालाई निःशुल्क ‘सेनिटरी प्याड’
मङ्सिर १२ गते । झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रूपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
यस भन्दाअघि दमक नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई मात्र सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको थियो । यस आर्थिक वर्षदेखि सबै महिलालाई वर्षभरि नै सेनिटरी प्याड उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याइसकेको नगर प्रमुख थापाले बताउनुभयो ।
सहरी स्वास्थ्य केन्द्रबाट जोसुकै महिलाले पनि सहज रूपमा सेनिटरी प्याड पाउने नगरपालिकाले जनाएको छ । यसको कार्यविधि बनाएर व्यवस्थित र सहज बनाउँदै लैजाने पनि थापाले उल्लेख गर्नुभयो । यो विषय महिलाको अधिकार र स्वास्थ्यसँग जोडिएकाले विशेष कार्यक्रमको रूपमा लिइएको उहाँले बताउनुभयो ।
महिनावारी समयमा सुरक्षित स्ानिरी प्याड उपलब्ध भए भने शरीरबाट निस्किएको रगतले महिलाको भित्री अङ्ग सङ्क्रामक भएर शरीर विषयुक्त बनाउने भएकाले यो कार्यक्रम ल्याइएको दमक नगर उपप्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो ।
आर्थिक अभाव र पर्याप्त चेतनाको अभावले अहिले पनि सेनिटरी प्याडको प्रयोग नगर्ने महिलाको सङ्ख्या धेरै भएको पाएका छौँ, उहाँले भन्नुभयो । संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक सुनिश्चित गरेकाले त्यसमा स्थानीय सरकारको दायित्व मानेर यो कार्यक्रम अघि सारिएकाले सफल बनाउन सबैलाई लाग्न भट्टराईले आग्रह गर्नुभयो । गुणस्तरीय सेनिटरी प्याड उपलब्ध गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्