Techie IT
बुधबार, कात्तिक २६,२०८३

व्यवस्थापन सङ्कायमा टपर जोशी सम्मानित


मङ्सिर १२ गते । व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयबाट देशभरिमै उत्कृष्ट हुन सफल धरणीधर भट्टलाई आज सम्मान गरिएको   छ ।

कैलाली बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले उहाँलाई एक समारोहबिच सम्मान गरेको हो ।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत भट्टले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बिबिएम) कार्यक्रममा देशभरिमै उत्कृष्ट हुन सफल हुनु भएको थियो ।

भट्टले औसत ३.९५ जिपिए ल्याएर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा देशभरिमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार भट्टले पहिलो सेमेस्टरमा ३.८८, दोस्रोमा ३.९६, तेस्रोमा ३.९८, चौथोमा ३.९९, पाँचौंमा ३.९४, छैटौंमा ३.९६, सातौंमा ३.८९ र आठौं सेमेस्टरमा ३.९८ जिपिए प्राप्त गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्