पूर्वसचिवकी पत्नीको हत्या प्रयास , घरमा काम गर्ने मृत भेटिए
काठमाडौँ, २७ माघ । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास गरिएको छ ।
आज बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएसगै उनको अवस्था गम्भिर रहेकोले अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् । घटनामा कसले रु किन रु र कसरी गरायो भन्ने खुलेको छैन । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जनाएका छन ।
उनको घरमा काम गर्ने दाङका विजय चौधरी पनि मृत भेटिएका छन्। उनी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए। ‘अहिले हामी घरमै छौं, अनुसन्धान गरिरहेका छौं,’ एसएपसी राईले भने।
कसले किन हत्या गरेको भन्ने खुलेको छैन। यसको छानविन भइरहेको एसएसपी राईले बताए।
आज बिहान पूर्वसचिव कार्की घरबाहिर निस्केका थिए। उनी घर फर्किदा श्रीमती लडिरहेको देखेपछि चिच्याएका थिए। त्यसपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्