एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान
काठमाडौँ, मङ्सिर ९ गते। नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ। अन्य खेलकुद सङ्घहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुने गरी चर्चा बटुलिरहेको हो।
चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार स्पोर्ट्ससँगको सम्झौता। योसँगै अर्को चर्चाको विषय बनेको छ, टियु खेल मैदान। यो पटक मैदान पुग्ने दर्शक र क्रिकेट समर्थकले केही हदसम्म मैदानको स्वरूप परिवर्तन भएको महसुस पक्कै गर्नेछन्।
यी दृश्यले पनि स्वरूप फेरिएको टियु मैदानको आभास हुन्छ। विशेष गरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाइ छ। यो पटक साधारण प्याराफिटतर्फ पहिल पटक जोन छु्टाइएको छ। टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ। चार जोनको लागि अलग अलग गेट बनाइएको छ। अर्को ठुलो परिवर्तन भनेको टियु मैदानमा पहिलो पटक भिआइपी टिकटको व्यवस्था गरिनेछ। जसका लागि बस्ने मेच राखिएको छ। टियुमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो। दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भिआइपीतर्फको रहेको छ। तर १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ। साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ।

यसबाहेक पहिलो पटक डिजिटल स्कोरबोर्ड अर्को परिवर्तनको रूपमा रहनेछ। पहिलो पटक टियुमा डिजिटल स्कोरबोर्ड जडान गरिएको हो। यसबाहेक अर्को महत्त्वपूर्ण पक्ष भनेको पिच हो। पिचमा लगानी र मेहनत भरपुर गरिएको छ। बङ्गलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ। सँगै आउटफिल्ड पनि निकै राम्रो बनेको छ। दर्शक र मैदानबिचको बारलाई सारिएको छ। जसले गर्दा बाउण्ड्री नै बढेको छ।
अर्को ठुलो परिवर्तन भने भिआइपी र फ्रेन्चाइज लाउन्ज बनेको छ। मिडिया बक्स प्लेयर बक्सभन्दा माथि सारिएको छ। प्रयाक्टिस ट्रफ पनि अहिले पाँचवटा बनाइएको छ। साइड स्क्रिन पनि परिवर्तन गरिएको छ। क्यान आफैँले गरेको स-साना परिवर्तनले पनि मैदानको स्वरूपमा सकारात्मक परिवर्तन देखिएको छ। तर सरकारले १०० दिनभित्र जडान गर्ने भनेको फ्लड लाइट भाषणमा मात्र सीमित बनेको छ। यसबाहेक सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य भएको पनि क्यानले जनाएको छ। टिमबच हुने एनपिएल यी मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ। यसअघि पनि धेरै पटक नेपालमा फ्रेन्चाइज क्रिकेट भइसकेका छन्। तर यो पटक क्यानको नेतृत्वमा पहिलो पटक हुन लागेको एनपिएलको रौनक बेग्लै छ।








क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्