एमसीसी पारित नगर्न ९ दलको माग, चरणबद्ध आन्दोलनको घोषणा
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गरेका छन् । सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मोर्चा, मोहन विक्रम सिंह महासचिव रहेको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको माओवादी केन्द्र, सुभाष काफ्ले नेतृत्वको जन समाजवादी पार्टी र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद पार्टीले एमसीसी पारित नगर्न माग गरेका हुन ।
सोमबार गजुरेलको अध्यक्षतामा बसेको ९ दलको संयुक्त बैठकले माघ २८ र २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमसीसी पारित नगर्न औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा आफ्नो स्वामित्व कायम गर्न आग्रह गर्ने निर्णय गरेको गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यी माग पुरा गराउन दबाब दिन सबै फागुन ३ गते पार्टीका प्रदेश समितिहरु मिलेर संयुक्त रुपमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
फागुन ५ गते लगनखेलमा बृहद् जन संवाद कार्यक्रम सचालन गर्ने र फागुन ८ गते माइतीघरमण्डलाबाट ब्यानर र प्लेकार्डसहित जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर जनसभा गर्ने निर्णय बैठकले गरेको गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमसीसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्