बढ्यो आर्थिक अपराधका घटना
मङ्सिर ९ गते । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८१-८२ को चार महिनाको अवधिमा ४६६ बैङ्किङ कसुर र वित्तीय अपराधका घटना भएको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८-७९ मा ५६३ भएकोमा आव २०७९-८० मा वृद्धि भई ९०४ पुगेको थियो भने गत आवमा एक हजार ३३४ पुगेको छ । पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा चालु आवको साउनदेखि कार्तिकसम्म आपराधिक घटना बढेको तथ्याङ्कले देखाउँछ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको कार्तिकसम्म ज्यान सम्बन्धित ३४९, आत्महत्या सम्बन्धित २८५, चोरी सम्बन्धित १५४, सामाजिक अपराध सम्बन्धित २८९, सवारी सम्बन्धित ९२ र अन्य १४४ अपराधसँग सम्बन्धित घटना घटेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार मुद्दा दर्ता तथा अपराधमा बढोत्तरी भएको छ । व ७८-७९ को अनपातमा ७९-८० मा ६.२२ प्रतिशत र आव २०७९-८० को अनुपातमा २०८०-८१ मा ५.१८ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको तथ्याङ्क छ । आव २०७८-७९ मा चार हजार ४०५ मुद्दा दर्ता भएकोमा आव ७९-८० मा बढेर चार हजार ६७९ पुगेको थियो भने आव २०८०-८१ मा पाँच हजार १९७ मुद्दा दर्ता भएको छ । प्रहरीको तथ्याङ्क अनुसार चालु आवको कार्तिक मसान्त सम्म एक हजार ७७९ मुद्दा दर्ता भएको छ । अघिल्ला आवको तुलनामा यस आवको चार महिनामा दर्ता भएको मुद्दा तुलनात्मक हिसाबले धेरै छ ।
त्यस्तै चालु आवको कार्तिक मसान्त सम्म १५४ लागू औषध, २८ कर्तव्य ज्यान, ८१ जबरजस्ती करणी, ५ मानव बेचबिखन तथा ओसार पसार, ३ अपहरण तथा शरीर बन्धक, ३२ डाँका र अन्य ७ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
त्यस्तै महिला तथा बालबालिकाविरुद्धको अपराध पनि बढ्दै गएको छ । चालु आवको कार्तिक मसान्त सम्म ८१ वटा जबरजस्ती करणी, ८ बहुविवाह, ९ जबरजस्ती करणी उद्योग र ४ वटा मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित अपराधका घटना भएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्