नवलपुरमा बस दुर्घटना, चार जना घाइते
मङ्सिर ९ गते । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ । लु २ ख २१४१ नं. को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्घाखाँची मालारानी ४ का ६३ वर्षीय शोभाखर खनाल तथा ७ का ३१ वर्षीय वसन्त घिमिरे, मदाने ८ का ६४ वर्षीया सरिता घिमिरे र सन्धिखर्क ८ का ६६ वर्षीया सुनीतादेवी भुसाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना यात्रु सवार थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने न्य यात्रुला अर्को सवारी साधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ ।
यस्तै विवाहका लागि कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको लु २ ख ४३७५ नं.को बसले सोही दिशामा गुडिरहेको ना ४ ख ६४२२ नं. को बसलाई बिहान कावासोती ८ खरकट्टा जङ्गलमा ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा कावासोती ५ पश्चिम टोल बस्ने ५२ वर्षीया कालीमाया सोमै र देवचुली ५ केउरेनीका ४४ वर्षीया गोमा सुवेदी घाइते हुनुभएको छ । घाइते दुबै जनाको नवलपुर अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्