बालेनको प्राथमिकता सरसफाइ होइन, स्टन्टबाजी हो’
काठमाडौं, ८ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पार्टीको जागरण अभियान कार्यक्रमलाई लगाएको जरिवानाको कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिने बताएका हुन् ।
महासचिव पोखरेका अनुसार कार्यक्रम समापन हुँदा स्वयंसेवकहरूले सरसफाइ गरिरहेको र फोहर उठाउन महानगरपालिकासँग गाडीको माग गरिएको थियो ।
‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिँदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो । कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबजीमा रहेको देखिन्छ ।’ महासचिव पोखरेलले भनेका छन् ।
महासचिव पोखरेलले मेयर बालेनको कार्यलाई ‘स्टन्टबाजी’को संज्ञा दिँदै एमालेले आफ्ना कार्यक्रमपछि सधै सरसफाइ गर्ने गरेको जानकारी गराएका छन् । उनले जागरण सभा यस्ता स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउन पनि आयोजना गरिएको उल्लेख गरेका छन् ।
‘मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो । नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।’ महासचिव पोखरेलले भनेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्