अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल
काठमाडौं, मङ्सिर ७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको बताउनुभएको छ ।
एमालेले शुक्रबार आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा रेल यातायात सुरु गर्न, भारतीय नाकाबन्दी विरुद्ध छुटकारा पाउन उत्तरी नाका खोल्ने काम एमाले नेतृत्वको सरकारले गरेको उहाँले बताउनुभयो ।
‘काम एमालेले गर्ने जस अरुले लिने काम भइरहेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो, “यसअघिको एमाले नेतृत्व सरकारमा मुलुकले उच्च आर्थिक वृद्धिदर हासिल गरेको थियो, मुलुकको अर्थतन्त्र बिग्रेका बेला पुनः एमाले नेतृत्वमा आएको छ, मुलुकको अर्थतन्त्र लयमा आएको छ ।”
‘कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर फेरि अर्को अफवाह फैलाउने काम भएको छ, हुँदै नभएको कुप्रचार गर सरकार र एमालेविरुद्ध योजनाब्ध भ्रम छर्ने र बदनामी गर्ने प्रयास गरिएको छ, यसलाई चिर्न पनि यो जागरणसभा हो’ उहाँले भन्नुभयो । सभालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्