Techie IT
बुधबार, कात्तिक २६,२०८३

हामी विकास र सुशासनको संकल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री


काठमाडौँ, मङ्सिर ७ गते। प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ।

एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  यस्तो बताउनुभएको हो।

उहाँले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट पर्नुभयो। अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो।

उहाँले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउदै देशको अधोगतिलाई ाथि लान एमाले र नेपाली काङ्ग्रेसको सहयात्रा गरिएको बताउनुभयो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्