सोह्रसय बालबालिकालाई स्वर्णप्राशन सेवा
मङ्सिर ६ गते । बालबालिकाको मानसिक क्षमता बढाउने आयुर्वेद चिकित्सा पद्धति स्वर्णप्राशन एकै दिन सोह्रसय बढी बालबालिकाले सेवा लिएका छन् ।
लुम्बिनी प्रदेशको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले तीन वर्षदेखि यो सेवा दिँदै आएको छ । बुधबार बिहान मात्र एक हजार ६ सय ६३ जना बालबालिकाले यो सेवा लिएका हुन् ।
प्रादेशिक आयुर्वेद चिकित्सालयको निरीक्षणका क्रममा आएका लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले सरकारी अस्पतालमा दिइने सेवा सुधार गरे सेवाग्राहीको आकर्षण बढाउन सकिन्छ भन्ने स्वर्णप्राशनमा सेवा लिन आएका अभिभावकबाट सन्देश मिलेको बताउनुभयो ।
मन्त्री सारुले यो सेवा प्रदेशको अन्य अस्पतालमा क्रमशः बिस्तार गरिने बताउनुभयो । अस्पतालका बालरोग विशेषज्ञ डा. हरिशंकर चौधरीले प्रत्येक महिनाको पुष्य नक्षत्रको शुभसाइतमा बालबालिकालाई स्वर्णप्राशन खुवाइने गरिएको बताउनुभयो । डा. चौधरीले बालबालकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन, हुर्कनका लागि स्वर्णप्राशनबाट फाइदा पुग्ने बताउनुभयो ।
डा. चौधरीका अनुसार स्वर्णप्राशन मह, अश्वगन्धा, शंखपुष्पी, वाचालाई सुनको भष्मसँग मिसाएर तयार पारिन्छ । अस्पतालमा निमित्त निर्देशक सन्तोष ठाकुरले पछिल्लो समय आयुर्वेद उपचार पद्धतिमा सेवाग्राहीको आकर्षण बढेको बताउनुभयो ।
उहाँले स्वर्णप्राशनका लागि जिल्लाको तुलसीपुर उपमहानगरपालिका बाहेक घोराही, शान्तिनगर, बबई, लमही, दंगीशरण गाउँपालिका र छिमेकी जिल्लाहरु रोल्पा, सल्यानबाट समेत अभिभावकहरु बालबालिका लिएर आउने गरेको बताउनुभयो । जन्मिएको एक महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णप्राशन खुवाइने गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्