Techie IT
बुधबार, कात्तिक २६,२०८३

प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास


मंसिर ६ गते । नेपाल र चीनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्वन्ध र सहकार्यलाई थप उचाइमा पुगाउने बिश्वास ब्यक्त गर्नुभएको छ ।

चीनको राजधानी बेइजिङमा आयोजित औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले) का नेताहरुले सो बिश्वास ब्यक्त गर्नुभएको हो । बेइजिङमा सम्पन्न दुई पक्षीय भेटवार्तामा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष तथा पूर्ब उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने बताउनुभयो ।

उक्त भ्रमणमा नेपाल र चीनविच भएका पुराना सम्झौताहरुको कार्यान्वयनका लागि ठोस योजना बन्ने र आपसी सम्वन्धलाई अझ उचाइमा पुगाउन नयाँ समझदारी हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

चिनिया कम्युनिष्ट पार्टीका बिदेश बिभाग प्रमुख मन्त्री लिउ चियानछाओले नेपालका प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनिया र नेपाली जनताले ठुलो अपेक्षा गरेको बताउँदै दुई देश र पार्टीबिचको सम्वन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल हुने अपेक्षा गर्नुभयो ।

त्यसअघि विदेश विभागका उपमन्त्री सन हाईयानले दुई देशहरु एकअर्काका अनुभवबाट सिक्दै, सहयोग गर्दै अघि बढ्ने बताउनुभयो । बिभागका डाइरेक्टर जनरल फङ सिउपिनले प्रधानमन्त्री ओलीको भ्रमणअघि आएको नेपाली टोलीका कारण भ्रमणलाई सफल पार्न र तयारीबारे छलफल गर्न सहज भएको बताउनुभयो ।

एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको उच्चस्तरीय टोली अहिले चीन भ्रमणमा छ । यसअघि नेपाली टोली र चिनिया कम्युनिष्ट पार्टी स्कूल बिभागविच अन्तरक्रिया भएको थियो । नेपाली टोली चीनका बिभिन्न स्थानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्