सडकको क्षमताभन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्दैछौँ : मन्त्री दाहाल
काठमाडौँ, मङ्सिर ४ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकको क्षमताभन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो जानकारी दिनुभएको हो ।
मन्त्री दाहालका अनुसार ४९ टनभन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताउनुभयो । उहाँले ४९ टनभन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्णरुपमा रोक लगाउने गरी आवश्यक प्रबन्ध गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘देशको सडकलाई मध्यनजर गरेर ४९ टनभन्दा बढी भार बोकेर सडकमा गाडी हिँड्न नपाउने भन्ने एउटा कार्यविधि बनाएका छौँ । तर त्योभन्दा बढी हुँदा के गर्ने भन्ने सन्दर्भमा त्यति धेरै स्पष्टता छैन । जरिबाना गर्ने, जरिबाना गरिसकेपछि बाटमा हिँड्न पाउने त पक्कै पनि हुनु हुँदैन । त्यसले गर्दा त्यसलाई पूर्णरुपले रोक लगाउँदै छौँ ।’’
छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरूलाई सिमानाकामै निरीक्षण गरी सडकको भार क्षमताभन्दा बढी बोक्न नदिने भनाइ उहाँको छ । उहाँले सरकारले अब कडाइका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानुनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गर्नुभयो ।
मन्त्री दाहालले सरकारले विकासका कामहरू अघि बढाउने हुटहुटी रहेको बताउनुभयो । उहाँले सडक सञ्जाल व्यवस्थित गर्न सरकारले आवश्यक काम गरिरहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्