Techie IT
बुधबार, कात्तिक २६,२०८३

उच्च अंकले घट्यो नेप्से


काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक १.८५ प्रतिशत अर्थात ५१.११ अंकले घटेर २ हजार ७०२.६५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बटेर ४७८.१६ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निर्वमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘केही राजनीतिक अस्थिरता र दुर्गा प्रसाईँको पक्राउले आज बजारमा गिरावट आएको देखिएको छ । लगानीकर्ता हल्लाको पछि लाग्दा बजार घट्न पुगेको छ ।’

रौनियारका अनुसा राष्ट्र बैंकले सा्वजनिक गरेको चालु आवको ३ महिनाको तथ्यांकमा देशको समग्र आर्थिक अवस्था राम्रो देखिएको छ । ‘केही बैंकहरुले ७.७५ प्रतिशत मै सेयर बर्जा उपलब्ध गराईरहेका छन् । यस कारण लगानीकर्ता हल्ला र अफवाहको पछि लाग्न आवश्यक छैन।’ उनले भने ।

अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले पनि आजको बजारको घटाईको मुख्य कारण दुगौ प्रसाईंको गिरफ्तारी र सरकारको अन्यौलता भएको बताए । ‘यस कारण लगानीकर्ताले अब मौद्रिक नीतिको समीक्षामा नै लगानीकर्ताको माग सम्बोधन हुने अपेक्षा राखेका छन्,’ थापाले भने ।

प्राविधिक रुपमा बजार आज २७४२ विन्दुबाट तल खसेर स्टप लस हिट भएको भन्दै थापाले यद्यपी बोलिङ्गरको मध्य ब्याण्डभन्दा माथि रहुन्जेल बजार सकारात्मक नै हुने दाबी गरे । तर यहाँबाट तल खसेमा भने केही समय करेक्सन आउन सक्ने उनले बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज होटल समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ३.१७ प्रतिशतले घट्यो ।

यस्तै बैंकिङ समूह पनि आज १.११ प्रतिशत, विकास बैंक २.२९, वित्त २.३१,हाईड्रो ३.०७,लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन तथा प्रशोधन १.४८,लघुवित्त १.५०, म्युचुअल फण्ड ०.१५, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार समूह २.२१ प्रतिशतले घट्यो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्