Techie IT
बुधबार, कात्तिक २६,२०८३

दुर्गा प्रसाईँलाई अस्पताल लगियो, साइबर ब्युरो पुर्‍याएर अदालत लगिने


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सीआईबीको कार्यालय पुर्‍याइएको छ । भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर अहिले स्वास्थ्य चेकजाँजका चिरायू अस्पताल लगिएको छ ।मेडिकल गरेर उनलाई साइबर ब्युरो लैजाने तयारी छ । त्यसपछि म्याद थप गर्न प्रहरीले अदालत लग्नेछ ।

प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम साइबर क्राइममा मुद्दा चलाइने सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ ।

‘कीर्ते र मानहानीको कुरा पनि आएको छ, त्यसमा पनि मुद्दा चल्छ ।

एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानूनी सुविधा नभका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनुपर्ने भएको थापा बताउँछन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्