टोखा नगरपालिकालाई चीनको इक्स्लेन्ट सिटी अवार्डबाट सम्मान
काठमाडौं, मङ्सिर ४ गते । टोखा नगरपालिकालाई चाइना इन्टरनेशनल फ्रेण्डसिप सिटि कन्फ्रेन्स २०२४ मा एक्सीलेन्स अवार्डबाट सम्मान गरिएको छ ।
नगर प्रमुख प्रकाश अधिकारीले चीनको कुन्मिङ शहरमा नोभेम्वर १७ देखि सुरु भएको भएको ४ दिने सम्मेलनमा आज सिटी अवार्ड प्राप्त गरेका छन् ।आज चीनको युनान प्रान्तका भाइस गर्भनरले टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीलाई इक्स्लेन्ट सिटी अवार्ड प्रदान गरेका छन् ।
चीनले विश्वका विभिन्न देशका नगरपालिकाहरुसँग भगिनी सम्बन्ध गाँसेर उत्कृष्ट कार्य गर्ने १३० देशका नगरपालिकाहरुको सम्मेलनमा टोखा नगरपालिकालाई कोभिड–१९ को महामारी नियन्त्रणमा गरेको महत्वपूर्ण योगदानको कदर स्वरूप इक्स्लेन्ट सिटी अवार्ड प्रदान गरेको छ ।
टोखाले कोरोना महामारीको समयमा भगिनि सम्बन्ध गाँसेको चीनको नाक्सु शहरको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामाग्रीहरु प्राप्त गरेको थियो । महामारी नियन्त्रणमा सक्ियतापूर्वक कार्य गरे वापत आज नगरपालिकाले उत्कृष्टताको सिटी अवार्ड प्राप्त गरेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्