पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा कांग्रेसले मङ्गलबार कार्यालय बन्द गर्ने
काठमाडौँ, मङ्सिर ३ गते । नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गानाको प्रति शोक प्रस्ताव पारित गर्दै मङ्सिर ३ र ४ गते पार्टीको आधा झण्डा झुकाउने र मङ्सिर ४ गते मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
‘‘पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति केन्द्रीय कार्य समितिको बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवङ्गत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । स्वर्गीय ढुङ्गानाप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘२०८१ साल मङ्सिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालया झण्डा आधा झुकाउने । ०८१ मङ्सिर ४ गते मङ्गलबार दिन केन्द्रीय कार्यालय बन्द रहने, स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रीय कार्यालयमा शोक सभाको आयोजना गर्ने निर्णय गरिएको छ ।’’
बैठकले उहाँको निधन भएको १३ औँ पुण्य तिथिको दिन पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।
कांग्रेसद्वारा जारी शोक प्रस्तावमा स्वर्गीय ढुङ्गानाले मानव अधिकार, न्याय क्षेत्र, विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै उहाँले पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।
बैठकमा बोल्नुहुँदै पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुङ्गानाले पार्टी र सभामुखको रूपमा खेल्नुभएको निष्पक्ष भूमिका सदा स्मरणीय रहिरहने बताउनुभएको भयो ।
उहाँले भन्नुभयो, ‘‘संसद् उहाँले निष्पक्ष रूपमा सभामुखको भूमिका निर्वाह गर्नुभयो । उहाँको अचानक निधन भएको खबर सुन्नुपर्यो । मलाई त बिरामी भएको पनि थाहा भएन । अब जे हुनु भइहाल्यो । उहाँको असामयिक निधन भयो ।’’
पूर्वसभामुख ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँले सभामुखको रूपमा संसद् संसद् प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी स्वर्गीय ढुङ्गानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उहाँको सक्रिय भूमिका खेलेको पनि कांग्रेसले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्