लामिछानेलाई अर्को पक्राउ अनुमति
काठमाडौँ, मङ्सिर ३ गते । जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आइतबार लामिछानेलाई पक्राउ अनुमति दिएको हो । अदालतले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ अनुमति दिएको छ ।
गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई पक्राउ अनुमति जारी भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा लामिछाने र जोशीविरुद्ध अदालतले अनुमति दिएको अदालत स्रोतले बतायो । स्वर्णलक्ष्मी प्रकरणमा यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जिबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति प्रहरीले लिइसकेको छ ।
लामिछाने र जोशी दुवै अहिले कास्की प्रहरी हिरासतमा हुनुहुन्छ । सहकारी बचत रकम हिनामिना प्रकरणमा दुै जना अनुसन्धानका क्रममा पक्राउ पर्नुभएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा पक्राउ पर्नुभएको हो । अनुसन्धानका क्रममा दुवै जनालाई रुपन्देही पनि पुर्याइएको थियो । सुप्रिम सहकारीको बचत रकम हिनामिनामा दुवै जनालाई बुटवल लगिएको थियो । सहकारी बचत रकम हिनामिनाको अनुसन्धानका लागि गठित संसदीय छानबिन समितिले गोर्खा मिडियामा रकम आएको तथ्य बाहिर ल्याएको थियो । यसपछि समितिले तत्कालीन सञ्चालकहरूलाई कारबाही सिफारिस गरेको थियो । पाँच वटा सहकारीबाट गोर्खा मिडियाको खातामा रकम सिधा जम्मा भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्