चिचिलामा रेडक्रस संखुवासभाको उपशाखा उदघाटन
संखुवासभा । जिल्लाको चिचिला गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी संखुवासभाको चिचिला उपशाखा उद्घाटन गरिएको छ । चिचिला बजार स्थीत आमा समुहको भवनमा कार्यक्रमको आयोजना गरि विहिबार उपशाखाको उद्घाटन गरिएको हो ।

चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको प्रमुख आतिथ्यता तथा उपशाखाका सभापति महेन्द्र राईको अध्यक्षतामा आयोजित कार्यक्रमले उपशाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका संखुवासभा सभापति सरोजकुमार बज्राचार्य, मन्त्री कृष्ण चन्द्र श्रेष्ठ, कोषध्यक्ष सल्लेन नेपाली, उपमन्त्री अर्जुन कुमार बस्नेत, सदस्यहरु सविता कालाखेती, सुशिला पराजुली, पुर्णकुमार गौली, माम्लि उपशाखाका सचिव पदम भण्डारी, जिल्ला शखाका कार्यालय प्रमुख लक्ष्मी कार्की, वास कार्यक्रम, ब्लड बैँकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै विशिष्ट अतिथी जिल्ला रेडक्रस सोसाईटी सभापति सरोज बज्राचार्यले संखुवासभाका दश स्थानीय तहहरु मध्ये भोटखोला बाहेक सवै पालिकाहरुमा उपशाखा सञ्चालन भईसको जानकारी दिनुभयो । भोटखोलामा पनि सदस्यता विस्तारको कामहरु भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले चिचिलामा आउन सक्ने विपद तथा मानव उद्धार कार्यमा निश्पक्ष र द्रुत गतिमा मानवीय सेवामा लाग्न सुझाव दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले चिचिला गाउँपालिकामा विपद आईरहने भएकोले रेडक्रस जस्तो संस्था चिचिलामा अत्यावश्यक रहेको बताउनुभयो । विपद ब्यवस्थापनका कार्यहरुमा गाउँपालिकासँग सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
चिचिला गाउँपालिकामा ९२ जना आजिवन सदस्यहरु रहेका छन् ।




क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्