ईंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपारा चितवन राइनोजमा
काठमाडौं । ईंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा जोडिएका छन् । उनलाई चितवन राइनोजले अनुबन्धित गरेको हो ।
राइनोजले सामाजिक सञ्जालमा पोस्ट गर्दै बोपारालाई अनुबन्ध गरिएको जानकारी गराएको छ । उनले कुशल मल्लको कप्तानीमा खेल्नेछन् ।
३९ वर्षीय बोपारा विगतमा ईंग्ल्यान्डको राष्ट्रिय टीमका नियमित सदस्य थिए । उनी ओपनिङ तथा मध्यक्रममा ब्याटिङ गर्छन् भने मिडियम पेस बलिङ गर्छन् ।
उनले विश्वभरका अनेकौँ लिग क्रिकेटहरू खेल्दै आएका छन् । हालै हङकङमा आयोजना भएको हङकङ सिक्सेसमा उनले ईंग्ल्यान्डको टिमबाट खेलेका थिए । नेपालविरुद्धको खेलमा पनि उनी ईंग्ल्यान्ड टीममा थिए ।
बोपाराले ईंग्ल्यान्डको राष्ट्रिय टीमबाट १३ टेस्ट, १२० एकदिवसीय र ३८ टी २० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले टेस्टमा तीन शतक र एकदिवसीयमा एक शतक प्रहार गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्