संखुवासभामा संसदीय प्रणालीमा वादविवाद प्रतियाेगिता ‘द डिवेट वार’ हुने
मंसिर १४ गते देखि सुरु हुने याे कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुनेछ ।
खांदबारी – संखुवासभामा नै पहिलाे पटक संसदीय प्रणालीमा आधारित वादविवाद प्रतियाेगिता ‘द डिवेट वार हुने भएकाे छ । मंगलबार असल शासन क्लब सङ्खुवासभाले नेपाल पत्रकार महासंघकाे कार्यालयमा पत्रकार सम्मेलन गरेर याे कार्यक्रमकाे जानकारी दिएकाे हाे ।
आयोजकका अनुसार मंसिर १४ गते देखि सुरु हुने याे कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुनेछ । वर्ड स्कुल डिवेट च्याम्पियनसिप (डव्लुएसडीसी) काे नियमानुसार सञ्चालन हुनेछ । कार्यक्रम संयाेजक अनुप चापागाईका अनुसार खाँदवारी नगरपालिका भित्रका माध्यमिक बिद्यालय स्तरीय १९ बर्ष मुनिका विद्यार्थीहरु सहभागी हुनेछन् । एक विद्यालयबाट १ छात्रा सहित ३ जना विद्यार्थीहरु सहभागी हुन पाउने चापागाईले जनाउनुभयो।
विद्यार्थीहरुकाे बाैद्धिक क्षमता विकास गरेर खाेज तथा अनुसन्धान गर्न प्ेरित गरि सामुहिक भावनाकाे विकास गर्दै आलाेचनात्मक चेतनाकाे अभिवृद्धी गर्नका लागि याे कार्यक्रम गर्न लागिएकाे चापागाईले बताउनुभयो । याे कार्यक्रममा प्रथम हुने विद्यालयले नगद रु ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने विद्यालयले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयाेजकले जनाएकाे छ । त्यस्तै सेमिफाईनलिष्ट् बाँकी २ विद्यालयले नगद रु ५ हजारका दरले , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्