अछाम जिल्लामा वडाध्यक्ष मृत फेला
मंगलसेन, २१ माघ । अछाम जिल्लामा एक जना वडाध्यक्ष मृत फेला परेका छन् ।
पञ्चदेवल नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन् । धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पञ्चदेवल नगरपालिकाकी उपाध्यक्ष अम्बिका चलाउनेले वडाध्यक्ष धामीको मृत्युबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिइन् । मृत्यु हुनुको कारणका बारेमा आफूहरूलाई पनि थाहा नभएको उनले बताइन् ।
प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाकारी दिएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ताहरूले वडाध्यक्ष धामीको हत्या भएको दाबी गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #वडाध्यक्ष मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्