Techie IT
बुधबार, कात्तिक २६,२०८३

काठमाडौंबाट उपचुनावमा उठ्ने उम्मेदवारको लाग्यो टुंगो, का.म.पा १६ मा लक्ष्मीरन्त अरु को ,को ?


काठमाडौं, २१ कात्तिक । ने.क .पा एमाले काठमाडौं जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बुधबार नयाँबारमा जिल्ला अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बसेको बैठक उपचुनाव केन्द्रित रहेको थियो ।

नेकपा ९एमाले० काठमाडौं जिल्ला कमिटीले उपचुनावमा काठमाडौंबाट उठ्ने उम्मेदवारको टुंगो लगाएको छ ।

यो पटकको उपनिर्वाचनमा काठमाडौंका कीर्तिपुर नगरपालिकाको मेयरका लागि निर्वाचन हुँदैछ भने कीर्तिपुरकै दुई वटा वडा र काठमाडौं महानगरपालिकाको वडा–१६ मा पनि निर्वाचन हुँदैछ । कीर्तिपुरको मेयरमा एमालेले केन्द्रीय सदस्य डा। सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।

त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय काठमाडौं जिल्ला कमिटीले गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ । नेकपा ९एमाले० महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठक भएका काण पनि यी नामहरुमा फेरवदको संभावना छैन ।

यस्तै आजको बैठकले चौथो सचिवालय  निर्णय अनुमोदन गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताउनुभयो ।
एमाले काठमाडौका नेता तथा कार्यकर्ताहरुलाई उपनिर्वाचन अवधिभर काठमाडौ नछोडन आग्रह गरिएको अध्यक्ष  निरौलाले  बताउनुभयो ।

बौठकमा एमाले महासचिव संकर पोखरेलले आफ्नो पार्टी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताउनु भएको छ ।

‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छौ तर चुनावचाँहि हामी एक्लाएक्लै लड्छौँ । चुनावका सन्र्दभमा हामी कुनै गठबन्धन बनाएर दुई वटा पार्टीको सरकार छ । दुई वटा पार्टी मिलेर चुनाव लडौँ भन्ने पक्षमा हामी दुबै दल छैनौँ,’ उहाँले भन्नुभयो, ‘चुनाव आ–आफ्नो हिसावले लड्छौँ । राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि निर्वाह गर्नुपर्ने भूमिकामा एक ठाउँमा छौँ । हामी यहि हिसावले अघि बढिरहेका छौँ । नेकपा ९एमाले० राष्ट्रिय जागरणको नेतृत्व गर्नका लागि समृद्धिका लागि संकल्प यात्राका माध्ययमबाट अघि बढ्ने जुन प्रयत्न हामीले बढाएका थियौँ । हामी त्यस्तै प्रयत्न हामीले अघि बढाउनु पर्ने छ ।’

बैठकमा स्थायी कमिटि सदस्य तथा बागमती ईन्चार्ज डा. राजन भट्राई जिल्ला ईन्चार्ज आनन्द पोखरेल , पोलीटब्यूरो सदस्य कृष्ण राई , रामेश्वर फुँयाल , केन्द्रिय सदस्य बिध्या सुन्दर शाक्य । नारायण सील्वाल , सरीता न्यौपाने लगायतका नेता तथा जिल्ला कमिटीका पदाधीकारी , सदीस्यहरुको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्