स्कुटरको ठक्करले पैदलयात्रीको मृत्यु
कात्तिक १९ गते । मकवानपुरको बागमती गाउँपालिका वडा ४ मा स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते हुनुभएको छ ।
सोमबार ४ बजेर २० मिनेटको समयमा स्कुटरको ठक्करबाट पैदलयात्री बागमती गाउँपालिका–४ बस्ने ४८ वर्षीय गङ्गा पहरीको उपचारको क्रममा मृत्यु भएको हो । उहाँको नाति ५ वर्षीय अनुप पहरी घाइते हुनुभएको छ ।
मकवानपुरको बकैया–४ हरामिटोलमा हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्र.०३–००४प ७२७६ नम्बरको स्कुटरले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
स्कुटरको ठक्करबाट गम्भीर घाइते हुनुभएका गङ्गाको उपचारको क्रममा सीएमसी चुरेहिल अस्पताल हेटौँडामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बालकको उपचार भइरहेको छ । उहाँको टाउकोमा चोट लागेको छ । ठक्कर दिने स्कुटर र चालक हेटौँडा उपमहानगरपालिका –६ चौघडा स्ने २६ वर्षीय अनुपकुमार क्षेत्री प्रहरी नियन्त्रणमा छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्