एसपी गौतम मिश्रले सम्हाले कार्यभार, व्यवसायिकतामा आँच नआउने गरी काम गर्न निर्देशन
चितवनलाई सुरक्षित शहर बनाउन प्रहरीको मुख्य भूमिका हुन्छ - एसपी मिश्र
जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर आएका एसपी गौतम मिश्रले बिहीबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिमालको मानव बेचबिखन ब्यूरोमा सरुवा भएपछि उनको ठाउँमा मिश्र आएका हुन् ।
स्वागत कार्यक्रममा उनले आफू मातहतका प्रहरी कर्मचारीलाई उच्च व्यवसायिकता प्रदर्शन गरेर काम गर्न निर्देशन पनि दिएका छन्। सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्नुपर्ने, काम गर्दा व्यसायिकतामा आँच नआउने गरी काम गर्नुपर्ने, सेवाग्राहीलाई विशेष प्राथमिकतामा राखेर द्रूत सेवा दिन निर्देशन दिएका छन्।
चितवनलाई सुरक्षित शहर बनाउन प्रहरीको मुख्य भूमिका हुने भएकाले सोही अनरुप प्रहरीले आफ्नो ड्युटी गर्नुपर्ने उनले बताए। जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिमालको मानव बेचबिखन ब्यूरोमा सरुवा भएपछि उनको ठाउँमा गौतम मिश्र आएका हुन् ।
मिश्र प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल भएका छन् । प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ नाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित उनी विभिन्न जघन्य अपराधलाई अनुसन्धान गरी टुँगोमा पुर्याउन सफल भएकै कारण अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतका रुपमा समेत चिनिएका छन्। उनले एक बर्ष अघि मात्रै जिल्ला प्रहरी कार्यालय धादिङको समेत सफल कमान्ड गरिसकेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय, फोटो समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्